चितामा आगो लगाएपछि मान्छे चल्मलाउन थालेपछि, डराएर भागे मलामी
अन्तिम संस्कारका लागि श वलाई चितामा राखिएको थियो । चितामा आ गोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृ त ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ । भारतको ओडिशास्थित कपकहाला गाउँका स्थानीय सिमाञ्चल मलिकलाई अन्तिम संस्कार गर्दै गर्दा टाउको हल्लाएको देखेपछि उनलाई सामुदायिका स्वास्थ्य केन्द्र पुर्याइएको थियो । ‘केही सेकेन्डको अन्तरालमा उनी हल्लिन थाले, उनले मुखबाट सास पनि फेर्न थाले ।
हामीले हतारहतार चिताको आगो निभायौं र थाहा पायौं कि सिमाञ्चल मृ त होइन बेहोस् मात्र भएका रहेछन्,’ आफन्त मुरलीधर मल्लिकले भने । डाक्टरका अनुसार अस्पताल भर्ना हुँदा सिमाञ्चलको नाडीको गती निकै कम थियो । स्थानीयले उनको स्वास्थ्य परीक्षण नगरीकनै अन्तिम संस्कारका लागि लगिएको डाक्टरले बताए ।
‘यो ठिक भएन । डाक्टरले मृ त घोषणा गरिसकेपछि अथवा श वको पोस्टमार्टमपछि मात्रै अन्तिम संस्कार गरिनुपर्छ,’ डाक्टरले भने । पुलिसका अनुसार मलिक शनिबार बाख्रा र भेडा चराउन जंगल गएका थिए तर बेलुकासम्म वस्तु फर्किसकेपछि पनि उनी फिर्ता नभएपछि परिवारले खोज्न जाँदा उनलाई नजिकैको जंगलमा अचेत लडिरहेको भेटेका थिए ।
Don't Forget To Join US Our Community
