• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अपराध
  • विश्व समाचार
  • अर्थवाणिज्य
  • बिज्ञान/प्रबिधि
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • प्रवास
  • बिचित्र संसार
  • रासिफल
काठमाडाैँ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटमाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गर्नुभएको छ।एक सचिवालय सदस्यले भने– ‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानविन गर्नुपर्छ।’

तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने भन्दै अडान लिनुभएको थियो। पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानविन गर्नुपर्ने भनाइमा जोड दिएपछि उहाँले बास्कोटाको बचाउ गर्दै भन्नुभयो– बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने भएकाले पार्टीले छु्ट्टै छानविन गर्नुपर्दैन।’




यस्तै सचिवालय बैठकले एमसीसी सम्झौता परिमार्जन गरेर मात्र संसद्मा अनुमोदन गर्ने सहमति गरेको छ।पार्टीको केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले दिएको सुझावबमोजिम परिमार्जन गरेर मात्र अनुमोदन गर्ने सहमति गरेको हो।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यदलका संयोजकसमेत रहेका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशको राष्ट्रियता र स्वाधिनताको विरुद्धमा केही बुँदा रहेकाले परिमार्जन गर्नुपर्ने जानकारी गराउनुभयो। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र गरिएको दावी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन ।

एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी -भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ ।



महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।


पत्रमा के लेखिएको छ ?

गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।’

प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’

सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।

कांग्रेस आईको प्रतिक्रिया

तर प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने यस दावीलाई चर्चामा आउने मेलोमात्र भनेको छ ।

कांग्रेस आईका नेता सञ्जय निरूपणले मोदी र भाजपाको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दावी गर्दै भनेका छन्, ‘यदि देशको प्रधानमन्त्रीको हत्या गर्ने योजना कसैले बुनिरहेको छ भने त्यसबारे अनुसन्धान हुनुपर्छ । त्यो सञ्चारमाध्यममा ल्याउने कुरा होइन ।’

मोदीको हत्या षडयन्त्रको चर्चासँगै गत सोमबार भारतमा सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, गृहसचिव र विशेष व्यूरोका निर्देशक लगायत बैठकमा सहभागी थिए ।

बैठकमा माओवादी हिंसा प्रभावित राज्यका प्रहरी अधिकारीहरुलाई समेत बोलाइएको थियो ।

यो बैठकले नयाँ शीराबाट नक्सलवादीहरु विरुद्ध अभियान चलाउने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

१४ जेठ,काठमाडौं । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा शोभा सापकोटा एक मात्र महिला वडाध्यक्ष भएकी छन् ।


काठमाडौं महानगरपालिका वडा नम्बर १४ बाट एमालेको उम्मेदवार बनेकी सापकोटा ३ हजार ८०७ मत प्राप्त गरी बिजयी भएकी हुन् । महानगरपालिकामा ठूला पार्टीबाट महिला वडाध्यक्ष उठेकी उनीमात्र थिइन् ।

सापकोटासहित उनको प्यानलनै कांग्रेस भन्दा करिव एक हजार मत अन्तरले विजयी भएको हो । शोभा वडाध्यक्ष निर्वाचित हुँदा उनकै प्यानलका सदस्यहरु रश्मी खड्का,उर्मिला सेन्चुरी,बिनोद थापा र बसन्त महर्जन विजयी भएका छन् ।

काठमाडौं महानगरपालिकाले महिला वडाध्यक्ष पाएको २५ वर्षपछि हो । २०५४ सालमा एकजना पनि महिला वडाध्यक्ष निर्वाचित भएका थिएनन् ।

त्यसअघि २०४९ को निर्वाचनमा तत्कालिन वडा नम्बर ३५ हाल ३२ नम्बर वडाबाट एमालेकी सबिता भट्टराई निर्वाचित भएकी थिइन् ।

शोभा सापकोटा एमालेमा निरन्तर क्रियाशील महिला नेता हुन् । उनी काठमाडौं जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय उपसचिव हुन् ।

उनको परिवार कांग्रेस पृष्ठभूमिको भए पनि उनी शुरुदेखिनै एमालेको राजनीतिमा लागिन् । शोभाका दाजु डिल्लीराज शर्मा खनाल पर्वतबाट २०५६ मा कांग्रेसको सांसद निर्वाचित भएका थिए ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ ।


अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।

देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ ।


भरतपुरको दुई वडा १९ र २० को मत गणना गर्न बााकी छ । वडा नम्बर १९ मा २ हजार ८६० र २० मा ३ हजार ३०२ मा मत खसेको छ ।

तर, कांग्रेस उम्मेदवार शाहले ६ हजार ३ सय बढीको अग्रता लिइसकेकी छन् । अब बााकी भोट सबै एमाले उम्मेदवारको पक्षमा गएपनि उपमेयरमा कांग्रेस उम्मेदवार शाह नै विजयी हुनेछन् ।

पछिल्लो मत परिणामअनुसार शाहले ४४ हजार ७९ मत पाएकी छन् भने एमाले उम्मेदवार दिव्या शर्मा आचार्यको ३७ हजार ६८० मत छ ।

ताजा अपडेटः
ad
हामीलाई लाइक गर्नुहोस
धेरै हेरिएको

Copyright © Online Nepal | Powered by | Kalikot Online