• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अपराध
  • विश्व समाचार
  • अर्थवाणिज्य
  • बिज्ञान/प्रबिधि
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • प्रवास
  • बिचित्र संसार
  • रासिफल
फिल्मी राजनीति गर्न माहिर खेलाडी मानिन्छन् दीपकराज गिरी । उनले गर्ने राजनीतिको गन्ध आफ्नो समुहले निर्माण गरेको फिल्म प्रदर्शनको संघारमा रहँदा विशेष देखिने गर्दछ । उनको समुहले निर्माण गर्ने फिल्म दशैंमा प्रदर्शन हुने गरेका छन् । दशैंमा प्रदर्शनमा आउने अरु फिल्मका मेकरलाई ललाइफकाइ गरि पछाडि सारेर आफ्नो फिल्म ल्याउन उनी ज्यादै सिपालु छन् ।

विदेशी फिल्मसँग भिड्न नेपाली फिल्म योग्य भएको भन्दै तालीको वर्षात हुने भाषण गर्ने तर विदेशी फिल्मसँग भिड्नु परे आफू चाहिँ कुना पस्ने निर्माता तथा कलाकार दीपकराज गिरी अहिले अर्को दशैंको फूलपातीमा प्रदर्शनका आउन लागेको फिल्म ‘छक्का पञ्जा ४’ को स्क्रिप्ट लेखनमा व्यस्त छन् । त्यसैले आजभोली उनी सार्वजनिक कार्यक्रममा निकै कम देखिने गरेका छन् ।

आइतवार उनी आफ्नो समुहमा रहेर ‘वडा नम्बर ६’ र ‘६ एकान ६’ मा काम गरेका हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले अभिनय गरेको फिल्म ‘सेन्टी भाइरस’ हेर्न कुमारी हलमा पुगेका थिए । उनको समुहका मुटु मानिने केदार घिमिरे र जितु नेपाल पनि फिल्म हेर्न पुगेका थिए । फिल्म हेर्नु अगाडि दीपकराजले ‘धुर्मुस’ लाई अंकमाल गरेर फिल्म असफलताको शुभकामना दिए ।

‘धुर्मुस’ को आग्रह स्वीकार गर्दै ‘सेन्टी भाइरस’ हेर्न हल पुगेका उनी साँझको साढे ६ बजेपछि कुमारी हलको आँगनमा फिल्मकर्मीहरुसँग कुराकानीमा व्यस्त थिए । तर, जब फिल्मको शो सुरु भयो र निमन्त्रणा गरिएका अतिथीहरु हल झिरे तब उनी लुसुक्क हलबाट बाहिरिए । उनी फिल्म नै नहेरी हलबाट निस्किएको प्रत्यक्ष देख्ने एक व्यक्तिले फिल्मीखबरलाई बताए ।





फिल्म सकिएपछि हलको बाहिर फिल्मकर्मीको प्रतिक्रिया बुझ्न उपस्थित भएका दुई दर्जनभन्दा बढी मिडियाका क्यामेराले दीपकराज गिरीलाई खोजेका थिए । तर, हलबाट केदार र जितु मात्र निस्किए । ‘सेन्टी भाइरस’ ले दुई दिन हलमा दर्शकको ठूलो भीड तान्दा आफ्नै फिल्म चलेझैँ फेसबुकमा खुसी व्यक्त गरेका उनी हल पुगेर पनि फिल्म नै नहेरी चाहिँ किन फर्किए ?

फागुन १० गते शनिवार कलाकार दीपकराजले आफ्नो भेरिफाइड फेसबुकमा ‘सेन्टी भाइरस’ ले हलमा दर्शकको भीड तान्न सफल भएकोमा खुसी व्यक्त हुँदै लेखेका थिए, ‘धेरैपछि दर्शक हलमा आए । अत्यन्त खुसीको कुरा हो । दर्शक हराएका रहेनछन् । अब आएका दर्शक टिकाउने कि भड्काउने त्यो चाहिँ हाम्रै हातमा छ ।’ उनको यो स्टाटसमा खुसी र ब्यंग्य दुवै मिसिएको छ ।

तर, उनले लेखेको यो स्टाटसलाई सामान्य अर्थमा भने लिन सकिन्न । उनले फिल्म हेर्न हलमा दर्शक आएकोमा खुसी व्यक्तसँगै ‘दर्शक टिकाउने कि भड्काउने’ वाक्यले फिल्मप्रति नै झटारो हानेको छ । किनकि, ‘सेन्टी भाइरस’ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया बटुल्न सकेको छैन । कतिपयले ‘धुर्मुस सुन्तली’ को यो फिल्मले दर्शक भड्काएको आरोप समेत लगाएका छन् ।

‘सेन्टी भाइरस’ लाई प्राप्त नकारात्मक प्रतिक्रियाका कारण दीपकराजले हलमा पुगेर पनि फिल्म नहेरेको हुनसक्ने फिल्म हेरेर फर्किएका फिल्मकर्मीबीच कानेखुसी भएको थियो । नराम्रो फिल्मलाई पनि मिडियामा ‘उत्कृष्ट’ भन्नुपर्ने बाध्यताका कारण उनी फिल्म नै नहेरी बाहिरिएको हुनसक्ने अनुमान पनि धेरैले काटे । साथै, ‘धुर्मुस’ सँग उनको तिक्तता बढ्नेको आँकलन पनि गरियो ।

‘वडा नम्बर ६’ र ‘६ एकान ६’ पछि ‘धुर्मुस’ लाई आफ्नो समुहले निर्माण गर्ने फिल्ममा लिन दीपकराजले कयैन् प्रयास गरेका थिए । तर, आफूलाई एकैखाले भूमिकामा सीमित राखेकोमा सितारामले असन्तुष्टि जनाउँदै दीपक-दीपाको समुहबाट अलग भएको बजारमा चर्चा छ । यसपछि दीपकराज र सितारामबीच देखाउने र वास्तविक सम्बन्ध फरक-फरक रहेको बताइन्छ ।

‘सेन्टी भाइरस’ हेर्नका लागि हल पुग्नु तर फिल्म सुरु भएपछि कसैलाई जानकारी नै नगराइ लुसुक्क बाहिरिनुले दीपकराजको ‘धुर्मुस’ सँग सम्बन्ध विग्रिएको भन्ने चर्चालाई ठूलो मलजल मिलेको छ । नभए, अरु निर्माताको फिल्म हेर्न पुग्दा तारिफ गर्ने उनी एक समयमा आफ्नै समुहमा रहेर काम गरेका कलाकारको फिल्म नै नहेरी हलबाट बाहिरिनुलाई सामान्य रुपमा लिन सकिन्न
काठमाडौँ, नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले इन्गेजमेन्ट गरेका छन् । यही फागुन २९ गते विवाह ब’न्धनमा बा’धिन लागेका यस जोडीले सोमबार अपरान्ह काठमाडौँको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका हुन्। डाक्टर उदिपले इन्गेजमेन्टको तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामीले सधैको लागि नि’र्णय गरेका छौं।’ परिवार, आफन्त र नि’कटका चलचित्रकर्मीको उपस्थितिमा नायिका आँचल र चितवन निवासी उदिप श्रेष्ठले इन्गेज्मनेट गरेका हुन्। उनीहरुको निमन्त्रणा कार्ड पनि बाहिरिएको छ।




जसमा शुभविवाहको लागि नव वर-वधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ । तर उनीहरुको इन्गेजमेन्ट भएको हो ।विवाहका लागि आँचलको परिवारले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यू रो’जेको छ । भने, आँचल र उदिपले फागुन ३० गते पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको वि’श्वसनिय स्रोतले जनाएको छ । आँचलले अहिले विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा सा’इन गरेकी छैनन् । तर विवाहपछि पनि फिल्म र म्यूजिक भिडियोमा स’क्रिय रहने बताउँदै आएकी छन् ।


भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चाले अहिले बजार तातिरहेको छ ।हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागर (बले)ले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । सोहि क्रममा उनको प्रिज्मासँग भेटघाट भएको थियो ।




जुम्ल्याहा दिदि–बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले अभिनय क्षेत्रमा चर्चित छन् । दर्जनौँ म्यूजिक भिडियो तथा केहि चलचित्रका गीतहरुमा समेत उनिहरुले एकसाथ अभिनय गरेका छन् ।

सागर र प्रिज्मा मात्र होईन प्रिज्माकी बहिनी प्रिन्सी पनि मञ्जिल बस्नेतसँगको प्रेममा रहेको चर्चा छ । मञ्जिल पनि टिकटकबाट उदाएर हाल म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन् ।एक बिश्वस्त श्रोतका अनुसार सागर(बले) र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्दैछन् । केहि महिना अघिदेखी प्रेममा रहेका उनिहरुको घरपरिवारमा समेत कुराकानी भईसकेको बुझिएको छ ।
काठमाडौं, ०९ फागुन । बलिउड अभिनेत्री तथा फिटनेश आइकन शिल्पा शेट्टी कुंन्द्रा दोस्रो पटक आमा बनेकी छन् । उनको पहिलो सन्तान एक छोरा पनि छन्, विवान कुंन्द्रा ।

४४ वर्षीया अभिनेत्री शिल्पाले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले आफ्नो छोरीको नाम समिषा शेट्टी राखेकी छन् ।

वास्तवमै भन्नुपर्दा अभिनेत्री शिल्पा शेट्टीले सरोगेसीको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । १५ फेब्रुअरीमा छोरी समिषाको जन्म भएको हो ।




तर, भर्खरै मात्र अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुंद्राले यसलाई सार्वजनिक गरेका हुन् । उनीहरुले एउटा तस्वीर पनि सार्वजनिक गरेका छन् । उक्त तस्वीर सार्वजनिक भएसँगै शिल्पालाई बधाई दिनेहरुको लाइन लागेको छ ।

अभिनेत्री शिल्पाले सोसल मिडिया इन्स्टाग्राममा लेखेकी छन्, ‘ओम श्री गणेशाय नमः, हाम्रो प्रार्थनाको जवाफ एक चमत्कारको साथमा भेटायौं । हामीले आफ्नो सानी छोरी समिषा शेट्टी कुंद्राको जन्मको घोषणा गर्दा निकै रोमान्चित छौं ।’

शिल्पाले सेयर गरेकी तस्वीरमा समिषाले आमा शिल्पाको औंला अठ्याएकी छन्, तर तस्वीरमा छोरी समिषाको अनुहार भने देखाइएको छैन ।
राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र गरिएको दावी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन ।

एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी -भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ ।



महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।


पत्रमा के लेखिएको छ ?

गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।’

प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’

सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।

कांग्रेस आईको प्रतिक्रिया

तर प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने यस दावीलाई चर्चामा आउने मेलोमात्र भनेको छ ।

कांग्रेस आईका नेता सञ्जय निरूपणले मोदी र भाजपाको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दावी गर्दै भनेका छन्, ‘यदि देशको प्रधानमन्त्रीको हत्या गर्ने योजना कसैले बुनिरहेको छ भने त्यसबारे अनुसन्धान हुनुपर्छ । त्यो सञ्चारमाध्यममा ल्याउने कुरा होइन ।’

मोदीको हत्या षडयन्त्रको चर्चासँगै गत सोमबार भारतमा सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, गृहसचिव र विशेष व्यूरोका निर्देशक लगायत बैठकमा सहभागी थिए ।

बैठकमा माओवादी हिंसा प्रभावित राज्यका प्रहरी अधिकारीहरुलाई समेत बोलाइएको थियो ।

यो बैठकले नयाँ शीराबाट नक्सलवादीहरु विरुद्ध अभियान चलाउने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

१४ जेठ,काठमाडौं । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा शोभा सापकोटा एक मात्र महिला वडाध्यक्ष भएकी छन् ।


काठमाडौं महानगरपालिका वडा नम्बर १४ बाट एमालेको उम्मेदवार बनेकी सापकोटा ३ हजार ८०७ मत प्राप्त गरी बिजयी भएकी हुन् । महानगरपालिकामा ठूला पार्टीबाट महिला वडाध्यक्ष उठेकी उनीमात्र थिइन् ।

सापकोटासहित उनको प्यानलनै कांग्रेस भन्दा करिव एक हजार मत अन्तरले विजयी भएको हो । शोभा वडाध्यक्ष निर्वाचित हुँदा उनकै प्यानलका सदस्यहरु रश्मी खड्का,उर्मिला सेन्चुरी,बिनोद थापा र बसन्त महर्जन विजयी भएका छन् ।

काठमाडौं महानगरपालिकाले महिला वडाध्यक्ष पाएको २५ वर्षपछि हो । २०५४ सालमा एकजना पनि महिला वडाध्यक्ष निर्वाचित भएका थिएनन् ।

त्यसअघि २०४९ को निर्वाचनमा तत्कालिन वडा नम्बर ३५ हाल ३२ नम्बर वडाबाट एमालेकी सबिता भट्टराई निर्वाचित भएकी थिइन् ।

शोभा सापकोटा एमालेमा निरन्तर क्रियाशील महिला नेता हुन् । उनी काठमाडौं जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय उपसचिव हुन् ।

उनको परिवार कांग्रेस पृष्ठभूमिको भए पनि उनी शुरुदेखिनै एमालेको राजनीतिमा लागिन् । शोभाका दाजु डिल्लीराज शर्मा खनाल पर्वतबाट २०५६ मा कांग्रेसको सांसद निर्वाचित भएका थिए ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ ।


अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।

देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ ।


भरतपुरको दुई वडा १९ र २० को मत गणना गर्न बााकी छ । वडा नम्बर १९ मा २ हजार ८६० र २० मा ३ हजार ३०२ मा मत खसेको छ ।

तर, कांग्रेस उम्मेदवार शाहले ६ हजार ३ सय बढीको अग्रता लिइसकेकी छन् । अब बााकी भोट सबै एमाले उम्मेदवारको पक्षमा गएपनि उपमेयरमा कांग्रेस उम्मेदवार शाह नै विजयी हुनेछन् ।

पछिल्लो मत परिणामअनुसार शाहले ४४ हजार ७९ मत पाएकी छन् भने एमाले उम्मेदवार दिव्या शर्मा आचार्यको ३७ हजार ६८० मत छ ।

ताजा अपडेटः
ad
हामीलाई लाइक गर्नुहोस
धेरै हेरिएको

Copyright © Online Nepal | Powered by | Kalikot Online