१० वर्षका प्रेमीले १३ वर्षकी प्रेमिकालाई गर्भवति बनाएपछि…

गर्भवती भएकी १३ वर्षकी एक बालिकाले आफ्नो गर्भमा हुर्किरहेको बच्चा आफ्ना १० वर्षका प्रेमीको भएको दा’वी गरेकी छिन् । बालिकाका अनुसार उनीहरुको भेट करिब १ वर्ष अगाडि भएको थियो र उनीहरुबीच पहिलो नजरमै प्रेम भएको थियो । इभान नामका बालक र डरिया नामकी बालिकाको यो जोडी रुसको झेलेग्नोगोर्स्क शहरका हुन् ।

द सनको रिपोर्ट अनुसार यी दुवै एक टेलिभिजन शोमा सहभागी भएका थिए । उनीहरुले टिभी शोमा आफ्नो सम्बन्धका बारेमा उठेका कैयौं प्रश्नको जवाफ दिए । द रसिया वन च्यानलको शो ‘फादर एट टेन’ मा उनहिरुको कहानी प्रसारण भएको थियो ।यद्यपि इभानको जाँच गर्ने डाक्टर इभगिनी ग्रेकोभले भने इभान बच्चा जन्माउनको लागि शुक्रकिट उत्पादन गर्न निकै अपरिपक्व भएकोले उनी बच्चाको पिता हुन नसक्ने बताएका छन् ।

बालिका भने यो कुरा मान्न तयार छैनन् । उनले आफ्नो अन्य कुनै पार्टनर भएको कुरा पनि अस्वीकार गरेकी छिन् । रोचक त के भने एक मनोविज्ञले ती बालिकाको कुरा आफूलाई विश्वस लागेको बताएका छन् । रिपोर्टका अनुसार यी दुवै बालबालिका अभिभावकको अनुमतिपछि टिभी शोमा सहभागी भएका थिए । अभिभावकले दुवै बालबालिकाको मेडिकल जाँचको अनुमति पनि दिएका थिए ।यो जोडीलाई लिएर स्थानीय समाजमा भने ग’म्भीर बहस सुरु भएको छ । ८ महिनाकी गर्भवती डरिया र उनकी आमा बच्चालाई हु’र्काउन चाहन्छन् । डरियाकी ३५ वर्षकी आमा एलेनाले आफ्नी छोरीले स्वयं यो सम्बन्ध स्वीकार गरेको बताएकी थिइन् ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Don't Forget To Join US Our Community