सावधान! कॉचो लिची हुन्छ बिष बराबर,जनचेतनाको लागी पढेर सेयर गर्नुहोस

लिच्ची खाएर नै भारतको बिहारमा ५७ बढि बालबालिकाको मृत्यु भएको निश्कर्ष निकालिएसंगै यसले हामीले कस्तो र कति फलफुल खाने भन्नेबारेमा सचेत हुन आवश्यक देखिएको छ ।दुई वर्ष पहिले गरिएको एउटा बृहत् अनुसन्धानबाट काँचो लिचीका कारणले बालबालिकाको मृत्यु हुने गरेको बताइएको थियो र यसपालि त्यस अनुसन्धानको निष्कर्षमा टेकेर काँचो लिचीले गर्दा नै बालबालिकाको अस्वाभाविक मृत्यु भइरहेको ठम्याउन स्वास्थ्यकर्मीले केही समय व्यतित गरेका छन् । लगभग २५ बालबालिकाको काँचो लिची खाएकै कारणले मृत्यु भएको निष्कर्षमा स्वास्थ्यकर्मीहरू पुगेका छन् ।काँचो लिची खाँदा त्यसको गेडा घाँटीमा अड्किएर वा तथाकथित युट्युब, फेसबुक वा अन्य भिडियोमा देखाइए जसरी छर्किएको विषादी वा रातो पार्ने रङले होइन, काँचो लिचीमा हुने एकप्रकारको विषले बालबालिकाको ज्यान लिने गर्छ ।

दिउँसोको स्वस्थ बच्चा रातभरमै बिरामी परेर बिहानसम्म मृत्युको मुखमा पुग्ने कहालीलाग्दो घटना बिहारमा भइरहेको छ र यसमा काँचो लिचीलाई दोषी मानिएको छ । काँचो लिची खाएका बालबालिकामा छारेरोगको लक्षण देखिने गर्छ तथा उनीहरू बेहोस हुन्छन् र निदाएकै अवस्थामै प्राण त्याग्नेसम्मको अवस्था आउँछ । प्रचारमा आए जसरी शुरुमा त गर्मी, आद्र्रता, कुपोषण, मनसुन, कीटनाशक र हानिकारक रङ बिमारीका कारण त होइनन् भनी अनुमान गरियो ।रोगले इन्सेफलाइटिसको जस्तो लक्षण देखाउने र मस्तिष्कमा समस्या उत्पन्न गर्ने भएकाले एक्युट इन्सेफलाइटिस सिन्ड्रोमको पनि आशङ्का थियो तर सबै भ्रमलाई चिर्दै भारतको नेसनल सेन्टर फर डिजिज कन्ट्रोल तथा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको संयुक्त अनुसन्धान टोलीले लिचीलाई मुख्य दोषी मान्यो । लिचीका रुख वरिपरि नै बढी समय व्यतित गर्ने र प्रायः बेलुकी मात्र घर फर्कने अनि खाना नखाएर सुत्ने बालबालिकाको शरीरमा ग्लुकोजको मात्र अस्वाभाविक कम भएर हाइपोग्लेसेमियको अवस्था उत्पन्न भएर ज्यान जाने खतरा बढ्छ ।




काँचो लिची खाएका बालबालिकाले पेट भरिएको भनेर राति खाना खान नमान्ने वा दिनभरि खेलेर थकित उनीहरू खाना नखाएरै सुत्ने गर्दा निदाएको अवस्थामा रगतमा ग्लुकोजको मात्रा निकै घटेर बेहोस हुने, छट्पटाउने र मृत्युको नजिक पुग्ने गर्छन् । अभिभावकलाई आफ्नो सन्तानलाई के भयो भन्ने बुझ्ने समयसमेत नमिल्न सक्छ । यस्तो अवस्थामा थोरै मात्रामा चिनी वा अन्य गुलिया वस्तु र झोल वस्तु खुवाउन सके मात्र पनि बच्चालाई बचाउन सकिन्छ । बुझ्नुपर्ने कुरा के हो भने काँचो लिची खाएमा त्यसमा हुने विषले शरीरमा ग्लुकोजको मात्रा नराम्रोसँग घटाउँछ र त्यसको परिपूर्तिका लागि हामीले अन्य खाद्यवस्तु खानैपर्छ । पाकेको लिचीमा यस्तो समस्या हुँदैन ।

Don't Forget To Join US Our Community