अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुनेछ । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।
भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहनु भएको छ । विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा जानु भएको छ । त्यसपछि उहाँहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनु हुनेछ ।
ट्रंपलाइ स्वागत गर्न जाँदै गर्दा मोदी कालो गाडीमा दुई तिर सुरक्षाकर्मि राखेर हिडेको दृश्यलाई धेरैले रोचक तरिकाले हेरिरहेका थिए ।
ट्रम्पले भारतमा ताज महलको भ्रमण गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्नुहुने भएको छ ।
उहाँले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उहाँको भ्रमणका क्रममा नहुने बताइएको छ ।
राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ ।
विज्ञहरुका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दवाव दिनका लागि रणनीतिक मित्रका रुपमा भारत उपयोग गर्न खोजेको बताएका छन् ।
“भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,” ७३ बर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भन्नुभएको छ ।
ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गर्नु भएको थियो । उहाँले मोदीसँग व्यापारका कुरा भने हुने बताउनु भएको छ ।
भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानीया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहनु भएको छ । राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नुहुने छ । आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लाग्नु भएको हो ।
सोही क्रममा उहाँले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रङ्गशालाको उद्घाटन गर्नु हुनेछ । मोटेरा स्टेडियम समेत भनिने सो खेल मैदानको वरिपरी ७ सय मिटर लामो पर्खाल बनाइएको छ ।
खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा “नमस्ते ट्रम्प” कार्यक्रमको पनि आयोजना गरिएको छ । नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो । त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुबैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गर्नु भएको थियो ।
नमस्ते ट्रम्प कार्यक्रमपछि उहाँ श्रीमतीसहित ताज महल अवलोकन गर्न जानु हुने भएको हो । ताज महलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ ।
भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्नुहुने भएको छ ।
ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लाग्नु भएको हो । उहाँको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ ।
अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदैछ । यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताउनु भएको छ ।
उहाँका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुनु भएको छ । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गर्नु भएको थियो । उहाँ आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गर्नुभएको थियो ।
तल हेर्नुहोस भिडियो

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जीनफिङले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनुभएको छ ।
राष्ट्रपति चिनफिङले लेख्नुभएको छ, ‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु । अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनुभएको सहानुभूति र ऐक्यबद्धताप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ उहाँले चीन अहिले महामारीविरुद्ध लडिरहेकाेले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बिल गेट्सको अगुवाइमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्वअनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए ।
कोविड-१९ नाम दिइएको काेराेना भाइरसका कारण अहिलेसम्म २ हजार ३४५ जनाको ज्यान गइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । अहिलेसम्म विश्वका २५ देशमा यसको सङ्क्रमण देखिएकाे छ ।

एजेन्सी। भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी इलाकाको एउटा समाचारले खुसीयाली छाएको छ। ती गाउँका बासिन्दको खुसीको कारण हो एउटा सुन खानी । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेपछि उनीहरु कम्ता खुसी छैनन्। उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको छ।
यही रिपोर्टले स्थानीयमा खुसीको लहर ल्याएको हो। यस रिपोर्ट अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी मिलेको हो। जसको लिलामीका लागि सरकाले प्रक्रिया थाल्न लागेको छ। भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ। तर यो सुन खानी भेटिएपछि अब भारत विश्वकै दोस्रो धेरै सुन भएको देशमा दरिनेछ।
जानकारी अनुसार अहिलेसम्म अमेरिका पहिलो नम्बरमा छ। अमेरिकासँग ८,१३३.५ टन सुन छ। जर्मनीसँग ३,३६६ टन रहेको छ। तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २,८१४ टन सुन छ। त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ। उत्तर प्रदेशको सोनभद्र जिल्लामा सुन खानी मिलेपछि त्यहाँको पूरै क्षेत्रमा उत्साहको माहोल छ। समाचार अनुसार हरदी गाउँ, महुली गाउँसमेत एक दर्जन गाउँबासी रोजगार मिल्ने कुरालाई लिएर उत्साहित छन्। सोनभद्रको सुनले भारत सरकारसँग रहेको सुनको भण्डारमा पाँच गुणा वृद्धि हुनेछ।
उत्तर प्रदेश सरकारले सुन र युरेनियम भण्डाको पुष्टि भएपछि पहाडको लिलामी प्रक्रिया अघि बढाउनेछ। सोनभद्र जिल्लाको सोन पहाडमा सुनको भण्डारका साथै पहाडमुनि युरेनियमको विशाल खानी पनि रहेको अनुमान गरिएको छ। सन् २०१२ देखि भण्डारकोबारेमा सूचना जुटाउने प्रक्रिया चलिरहेको छ। अब जिला प्रशासन र खनिज विभागको रिपोर्टपछि सरकारी गतिविधि पनि त्यस क्षेत्रमा तीव्र भएको छ। प्रशासनका अनुसार लिलामी प्रक्रिया पूरा भएपछि उत्खनन सुरु हुनेछ।
जसका कारण त्यस क्षेत्रका करिब ५ हजारलाई रोजगारी मिल्नेछ। यसअघि सरकारले सुनखानी को पुष्टि गर्न ७ सदस्यीय समिति बनाएको थियो। त्यो समितिले पनि सुनखानी रहेको प्रतिवेदन दिएको थियो। यहाँको सुन खानी को खोजी सन् २००५ बाट सुरु भएको थियो। तर त्यसबेलाको जाँचमा धातु रहेको बताइएको थियो। त्यो बेला कुन प्रकारको धातु छ भन्ने विवरण उल्लेख गरिएको थिएन।
त्यसपछि सन् २०१२ मा फेरि जियोलजिकल सर्वे अफ इन्डियाले अध्ययन थालेको थियो। उक्त टोलीले नै सोनभ्र इलाकामा सुन र अन्य धातु ठूलो परिमाणमा रहेको पत्ता लगाएको थियो। ताजा प्रतिवेदन अनुसार हरदी क्षेत्रमा ६४६.१५ किलोग्राम सुनको खानी छ। अर्कातिर सोन पहाडमा २९४३.२५ टन सुनको खानी रहेको कुरा आएको छ। यसका अलावा युरेनियम र अन्य बहुमूल्य धातु पनि त्यहाँ रहेको बताइएको छ

एजेन्सी । गतवर्ष उत्तर कोरियाका प्रमुख किम जोङ उन सेतो घोडामा सवार तस्बिरको व्यापक चर्चा भएको थियो । हिउँले ढाकिएको सडकमा सेतो सुन्दरगरी सजाइएको घोडामा उनी कथाहरुका राजकुमार जस्तै देखिएका थिए । यस्तोमा उनको सो सोख पूरा गर्न उत्तर कोरियाले हजारौँ डलर खर्च गर्नुपरेको नयाँ खुलासा भएको छ ।
रुसको भन्सार डाटाका अनुसार अघिल्लो वर्ष उत्तर कोरियाले १२ वटा ‘प्योर ब्रिड’ का घोडा आयात गरेको थियो । यसरी अक्टोबर र डिसेम्बरका बीच किम त्यही घोडामा धार्मिक माउन्ट बेक्दुमा दुईपटक यात्रा गरेका थिए जसबारे कोरियाली संचार माध्यमभर अधिक प्रचार भएको थियो ।
सो चित्रले अन्तर्राष्ट्रिय दबाबका बावजुद किमको शक्तिशाली छवि प्रस्तुत गरेको प्योङयोङको राष्ट्रद्वारा सञ्चालित मिडियाले अधिक महत्वका साथ उल्लेख गरेको थियो । रुसबाट महङ्गा घोडा खरिद गर्ने उत्तर कोरियाको धेरै लामो इतिहास रहेको छ ।
संचार एजेन्सी रोयटर्सले रिभ्यु गरेको यो नयाँ डाटका अनुसार उत्तर कोरियाले गत वर्ष ७५ हजार ५०९ डलर बराबरका १२ वटा घोडा खरिद गरेको थियो । यसलाई २०१५ पछिको सबैभन्दा ठूलो खरिद बताइएको छ । त्यतिबेला भने यसले रुसबाट १ लाख ९२ हजार पर्ने ६१ वटा घोडाहरु किनेको थियो । यसरी २०१० देखि १९ का बीच उत्तर कोरियाले झन्डै ६ लाख डलर बराबरको १३८ घोडा आयात गरेको थियो । – रोयटर्सबाट

राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र गरिएको दावी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षडयन्त्रले यतिबेला निकै चर्चा पाइरहेको छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाण भने पर्याप्त छैन ।
एक हिंसाको आरोपमा केही व्यक्ति पक्राउ परेको र उनीहरुबाट बरामद पत्रमा उल्लेख भएअनुसार नक्सलवादी -भारतीय माओवादी)ले मोदीको हत्या गर्ने योजना बनाएको भनेर दावी गरिएको छ ।
महाराष्ट्र प्रहरीका अनुसार पूर्वप्रधानमन्त्री राजीव गान्धीको जस्तै मोदीको हत्या गर्ने षडयन्त्र माओवादीले गरेको छ । सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।
पत्रमा के लेखिएको छ ?
गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो । सो पत्रमा भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।’
प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।’
सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।
कांग्रेस आईको प्रतिक्रिया
तर प्रमुख प्रतिपक्षी कांग्रेस आईले भने यस दावीलाई चर्चामा आउने मेलोमात्र भनेको छ ।
कांग्रेस आईका नेता सञ्जय निरूपणले मोदी र भाजपाको लोकप्रियता घट्दा यस्ता प्रचारबाजी गर्ने गरिएको दावी गर्दै भनेका छन्, ‘यदि देशको प्रधानमन्त्रीको हत्या गर्ने योजना कसैले बुनिरहेको छ भने त्यसबारे अनुसन्धान हुनुपर्छ । त्यो सञ्चारमाध्यममा ल्याउने कुरा होइन ।’
मोदीको हत्या षडयन्त्रको चर्चासँगै गत सोमबार भारतमा सुरक्षा समितिको बैठक बसेको थियो । गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, गृहसचिव र विशेष व्यूरोका निर्देशक लगायत बैठकमा सहभागी थिए ।
बैठकमा माओवादी हिंसा प्रभावित राज्यका प्रहरी अधिकारीहरुलाई समेत बोलाइएको थियो ।
यो बैठकले नयाँ शीराबाट नक्सलवादीहरु विरुद्ध अभियान चलाउने योजना बनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

१४ जेठ,काठमाडौं । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा शोभा सापकोटा एक मात्र महिला वडाध्यक्ष भएकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ बाट एमालेको उम्मेदवार बनेकी सापकोटा ३ हजार ८०७ मत प्राप्त गरी बिजयी भएकी हुन् । महानगरपालिकामा ठूला पार्टीबाट महिला वडाध्यक्ष उठेकी उनीमात्र थिइन् ।
सापकोटासहित उनको प्यानलनै कांग्रेस भन्दा करिव एक हजार मत अन्तरले विजयी भएको हो । शोभा वडाध्यक्ष निर्वाचित हुँदा उनकै प्यानलका सदस्यहरु रश्मी खड्का,उर्मिला सेन्चुरी,बिनोद थापा र बसन्त महर्जन विजयी भएका छन् ।
काठमाडौं महानगरपालिकाले महिला वडाध्यक्ष पाएको २५ वर्षपछि हो । २०५४ सालमा एकजना पनि महिला वडाध्यक्ष निर्वाचित भएका थिएनन् ।
त्यसअघि २०४९ को निर्वाचनमा तत्कालिन वडा नम्बर ३५ हाल ३२ नम्बर वडाबाट एमालेकी सबिता भट्टराई निर्वाचित भएकी थिइन् ।
शोभा सापकोटा एमालेमा निरन्तर क्रियाशील महिला नेता हुन् । उनी काठमाडौं जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय उपसचिव हुन् ।
उनको परिवार कांग्रेस पृष्ठभूमिको भए पनि उनी शुरुदेखिनै एमालेको राजनीतिमा लागिन् । शोभाका दाजु डिल्लीराज शर्मा खनाल पर्वतबाट २०५६ मा कांग्रेसको सांसद निर्वाचित भएका थिए ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।
मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यसबारे अहिले छलफल चलिरहेको छ ।
अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।
देवीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी रेणुको मत ४० हजार १९६ छ ।

१४ जेठ, चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ ।
भरतपुरको दुई वडा १९ र २० को मत गणना गर्न बााकी छ । वडा नम्बर १९ मा २ हजार ८६० र २० मा ३ हजार ३०२ मा मत खसेको छ ।
तर, कांग्रेस उम्मेदवार शाहले ६ हजार ३ सय बढीको अग्रता लिइसकेकी छन् । अब बााकी भोट सबै एमाले उम्मेदवारको पक्षमा गएपनि उपमेयरमा कांग्रेस उम्मेदवार शाह नै विजयी हुनेछन् ।
पछिल्लो मत परिणामअनुसार शाहले ४४ हजार ७९ मत पाएकी छन् भने एमाले उम्मेदवार दिव्या शर्मा आचार्यको ३७ हजार ६८० मत छ ।