बजारमा आयो महिलाहरुको लागि ‘महिनावारी कप’ स्यानिटरी प्याड भन्दा राम्रो हुने, यसरि प्रयोग गर्नुहोस तरिका सहित

धेरैलाई थाहा नै छैन की के हो महिनावारी कप । यसैले हामी यो बारे केही छोटो जानकारी दिँदैछौ । हाम्रो समाजमा महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै कहलिन्छ। छाउगोठमा महिलाहरूले ज्या न गुमाएका समाचार आइरहेकै छन्। महिनावारी स्वच्छ बनाउन हामी स्यानिटरी प्याड प्रयोग गर्दै आएका छौं। अचेल ट्याम्पुन पनि बजारमा देखिन थालेको छ। ट्याम्पुन भनेको कपासलाई लाम्चो आकार दिएर बनाइएको साधन हो, जुन महिनावारी बेला महिलाको भित्री अंगको भित्र राखिन्छ। यसले रगत सोस्छ। विदेशमा यसको चलन धेरै भए पनि हामीकहाँ प्याडजस्तो सर्वसुलभ छैन।

यस्तै वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो, जसलाई महिलाको गोप्य अंग भित्र छिराएर प्रयोग गरिन्छ। यो कप गर्भाशयभन्दा तलपट्टि महिलाको गोप्य अंगको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ। यो राम्ररी धोइपखाली बारम्बार प्रयोग गर्ने हो।



मेन्सट्रूअल कप स्वास्थ्य र आर्थिक दुवै हिसाबले फाइदाजनक छ। एउटा कपको आयु पाँचदेखि दस वर्ष हुन्छ।’ संसारभर महिनावारी कपका फाइदाबारे चर्चा भइरहेका छन्। लगाउन आरामदायी र रगत नचुहिने भएकाले जो कोहीलाई राम्रो गरेको छ ।

पहिले त आफूलाई कुन आकारको कप मिल्छ भन्ने यकिन हुनुपर्छ। यसबारे चिकित्सक वा बिक्रेतासँग बुझ्न सकिन्छ। आकार मिल्दो कप महिलाको गोप्य अंगमा कसरी छिराउने भन्नेबारे पनि उनीहरूले नै जानकारी दिनेछन्। इन्टरनेटमा भिडिओहरू हेरेर सिके पनि हुन्छ। ‘सी’ आकारमा पट्याएर प्रयोग गरिने यो कप सुरू सुरूमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि सहज हुनेछ । एजेन्सी

Don't Forget To Join US Our Community