एजेन्सी। मुसाबाट हामी कुनै न कुनै प्रकारले स’मस्यामा छौँ । कहिले के खाइदिएर त कहिले सामान लगिदिएर हामी स’मस्यामा पर्छौँ । खानेकुरा ब’र्बाद गर्नेमा मुसा पनि अग्रस्थानमा आउँछ । कम्बोडियामा भने मुसालाई हिरो मानिन्छ । त्यहाँ मुसाले हजारौँ मानिसको ज्या’न बचाएको छ । सियेम रीप प्रान्तको एक गाउँमा झण्डै ८ लाख बर्गविमटर जमिनमा बा’रुदी सुरुङ खोजेर न’ष्ट गर्नमा मुसाले सहयोग गरिरहेको छ ।
मुसाले बारुदी सुरुङ न’ष्ट’गर्न सहयोग गरेपछि १९ कम्बोडियाली परिवार आफ्नो ठाउँमा जान पाएका छन् । मुसाले १ सय ७० बा’रुदी सुरुङ खोजी सकेको छ । लामो समयदेखि जमिन मुनी रहेका सुरुङ खोजेर न’ष्ट गर्न कम्बोडियाले मुसाको प्रयोग गरेको छ । अहिलेसम्म मुसाले तीन महिनामा यस्तो काम गरिसकेको छ । सरकारले बा’रुदी सुरुङ खोज्नका लागि मुसालाई तालिम दियो । सन् १९९७ मा गठन भएको एपोपो नामक संस्थाले यस्तो कामको जिम्मेवारी मुसालाई दिएको थियो ।
मुसाको मद्दतमा कम्बोडिया, अंगोला, जिम्बावे र कोलम्बियामा पनि अपोपो नामक संस्थाले बा’रुदी सुरुङ न’ष्ट गरेर लाखौँ व्यक्तिको ज्या’न बचाएको छ । मुसाले अहिलेसम्म यी सबै देशमा १ लाख ३८ हजार भन्दा धेरै बा’रुदी सुरुङ न’ष्ट गरिसकेका छन् । अपोपो नामक संस्थासँग अहिले १ सय ५१ मुसा छन् । त्यसमध्ये २६ ले प्रजनन्को काम गर्छन् । ५३ ले बा’रुदी सुरुङको खोज्न सक्रिय छन् । ३९ मुसा अनुसन्धान र बिकासका लागि क्रियाशिल छन् । १० रिटायर भएका छन् । १० मुसालाई अमेरिकाको चिडियाखानामा शान्तिको दूतको रुपमा राखिएको छ । बाँकी ससाना छन् ।
संस्थाले हरेक हप्ताको पाँच दिन मुसालाई बा’रुदी सुरुङ खोज्ने तालिम दिन्छ । अन्तिम दुई दिन भने मुसालाई भव्य पाटी दिइन्छ । एक मुसालाइृ तालिमका लागि महिनामा झण्डै ७ सय रुपैयाँ ख’र्च हुन्छ । यी मुसाको उमेर ८ देखि १० वर्षसम्म छ । यी मुसाले ६ देखि सात वर्षसम्म काम गर्न सक्छन् । यी मुसाले कुनै पनि ठाउँमा २० मिनेट भित्रमा एक टेनिस कोर्ट बराबरको बा’रुदी सुरुङ पत्ता लगाउन सक्छन् । मेटल डिटेक्टरको सहायतामा खोज्न चार दिनसम्म लाग्न सक्छ । यी मुसा बा’रुदी सुरुङ खोज्न शतप्रतिशत सफल भएका छन् ।
